नागरिक लगानी कोषको स्रोत सङ्कलन २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

 चैत ४, २०८१ सोमबार १५:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक लगानी कोषको खुद कोष मौज्दात दुई खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । कोषको ३५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी सङ्कलन गरी दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताउनुभयो ।

२०४७ सालमा स्थापना हुँदा कोषको बचत दुई करोड ४४ लाख रुपयाँ थियो । संस्थामा अहिले ६ अर्ब ४८ करोड रुपैयाँको चुक्ता पूँजी पुगेको छ । विभिन्न सात वटा याेजना सञ्चालन गर्दै आएको कोषले सबै कार्यक्रमबाट जगेडा कोषसहित दुई खर्ब ७३ अर्ब रुपैयाँ वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म दुई खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको छ । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘शेयर डिबेन्चर’ हरूमा पनि लगानी गरेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष थापाले कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नेतर्फ कोष अग्रसर रहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया