म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पाँचौ स्थानमा

 फागुन १२, २०७६ सोमबार ६:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।

वाट्फोर्डलाई ३–० ले हराउँदै म्यान यू २७ खेलबाट ४१ अंकसहित शीर्ष पाँचमा उक्लिएको हो ।

चौथो स्थानको चेल्सीको ४४ र छैटौं स्थानको टोटनह्यामको ४० अंक छ । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन फर्नाण्डेज, मार्सियल र ग्रिनवुडले गोल गरे ।

अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ ले हराएको छ । आर्सनलको जीतमा औवामेयाङ्गले २ तथा न्केटियाले एक गोल गरे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया