नेपाल ट्रष्टकाे श्वेतपत्र : ट्रष्टका नाउँमा कति छ सम्पत्ति ?

 फागुन १३, २०७६ मंगलबार १८:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल ट्रष्टले श्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । 

मंगलबार श्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष हुनुहुन्थ्यो । 

ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनुभयो ।

तत्कालीन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लागि आयोगमा उजुरी दिएको हो । 

२०६९ भदौ ११ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेर मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ ।

यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ । 

ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालीन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया