पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर

 फागुन १४, २०७६ बुधबार १६:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई बुधबार ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

पारसलाई मंगलबार नेपाल टेलिकमले पनि  ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियाे।

ब्राण्ड एम्बेस्डर भए बापत पारसलाई महिन्द्राकाे एक्सयूभी ३०० गाडी प्रदान गरिएकाे छ । अलराउण्डर तथा कप्तानका रुपमा नेपाली क्रिकेटमा एक दशकभन्दा बढी समय याेगदान गरेका पारसले अग्नि ग्रुपसँग आवद्ध हुनपाउँदा खुशी लागेको बताए ।

उनले अग्नि ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समूहले बिक्री गर्ने मोटरसाइकलको पनि यसअघि पनि आफू ब्राण्ड प्रवर्द्धक रहिसकेको बताए ।

पारसलाई प्रदान गरिएकाे महिन्द्राकाे एक्सयूभी ३०० गाडीकाे नेपाली बजारमा झण्डै ४० लाख रुपैयाँ मूल्य रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया