महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टेष्ट विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ शीर्षस्थानमा उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् । उनको ९ सय ११ रेटिङ छ । कोहली ९ सय ६ रेटिङसहित दोस्रो स्थानमा झरेका छन् । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा राम्रो खेल्न नसक्दा कोहली वरीयतामा पनि तल झरेका हुन् ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सन तेस्रो स्थानमा छन् । यस्तै अष्ट्रेलियाका युवा खेलाडी मार्नस लाबुशेन चौथो स्थानमा पुगेका छन् । पाकिस्तानका बाबर आजम पाँचौ र अष्ट्रेलियाका अोपनर डेभिड वार्नर छैटौँ स्थानमा छन् ।
बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्षस्थानमा कायमै छन् । न्युजिल्यान्डका टिम साउदीले भने ठुलो छलाङ मारेका छन । उनी ८ स्थान सुधार गर्दै वरीताको छैटौँ स्थानमा पुगेका छन् ।