विवादरहित भएको दिन पार्टी नै रहँदैन : नेकपा अध्यक्ष प्रचण्ड

 फागुन १५, २०७६ बिहिबार २०:२७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताउनुभएको छ । 

नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण भेलामा उहाँले विवादरहित भएको दिन पार्टी नै नरहने भन्दै विवाद हुनु सामान्य भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने बताउनुभयो । 

अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रुपमा विकास गर्न पनि विवाद, संघर्ष, भुमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । 

दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने पनि उहाँले बताउनुभो । 

उहाँले पार्टी मूलभूत रुपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने बताउनुभयो । उहाँले विचार र विधिको एकरुपता बाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया