दाेस्राे टेस्ट : न्युजिल्याण्डविरुद्ध भारत २४२ रनमा अल आउट

 फागुन १७, २०७६ शनिबार ११:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्डकाे क्राइष्टचर्चमा जारी दाेस्राे टेस्टकाे पहिलाे पारीमा भारत २ सय ४२ रनमा अल आउट भएकाे छ ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले राम्राे सुरुवात गर्न सकेन । ओपनिङमा आएका मायांक अग्रवाल ७ रन बनाएर आउट भए । कप्तान विराट काेहलीले पनि आफ्ना् खराब प्रदर्शनलाई निरन्तरता दिँदै ३ रनमा आउट भए ।

टिमका लागि हनुमा विहारीकाे ५५ तथा पुजारा र पृथ्वी शकाे समान ५४-५४ रनकाे याेगदान रह्याे । िरशभ पन्तले यसपटक पनि जादू देखाउन सकेनन् । उनी १२ रन बनाएर आउट भए ।

अन्तिममा आएका माेहम्मद शामी र जसप्रित बुमराहले क्रमश: १६ र १० रनकाे महत्वपूर्ण याेगदान दिए ।

बलिङतर्फ काइल जेमिसनले पाँच, टीम साउदी र बाेल्टले समान दुई-दुई तथा वाग्नले १ विकेट लिए ।

न्युजिल्याण्डले जवाफी ब्याटिङ थालिसकेकाे छ भने सुरुवाती जाेडीका रुपमा टम लाथम र टम ब्लण्डल क्रिजमा छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया