काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहाेरेकाे छ । साेमबार भएकाे खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो ।
हङकङसँगकाे हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेकाे हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।
हङकङले दिएकाे एक सय ५४ रनकाे लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएकाे नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो ।
सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन शर्राफ एक रनमा पेभेलियन फर्किँदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।
नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबाबमा पर्याे । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
नेपाली टिमको ब्याटिङमा समस्या देखियाे । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरियो । सन्दीपले खाता खाेल्न नसक्दाआरिफ शेख १० रनमा आउट भए ।
नेपालको पारीलाई कमजोर बनाउन हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।