लिग कपको उपाधिमा सिटीको ह्याट्रिक, एस्टोन भिल्ला पराजित

 फागुन १९, २०७६ सोमबार ६:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net


लिग कपको उपाधिमा म्यानचेस्टर सिटीले ह्याट्रिक गरेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टोन भिल्लालाई दुई एकले हराउँदै सातौ पटक उपाधि उचाल्न सफल भयो ।

एनफिल्डमा साढे ८२ हजार दर्शकमाझ भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरो र रोद्रि हेर्नान्डेजले एक एक गोल गरे । खेलको २० औं मिनेटमा अगुइरोले डि बक्स भित्र पाएको बललाई उत्कृष्ट फिनिस गरे । त्यसको दश मिनेटपछि अर्थात ३० औं मिनेटमा रोद्रिले सिटीले अन्तर दुई शून्यमा पुर्याए ।

तर ४१ औं मिनेटमा एस्टोन भिल्लाका म्ब्वाना समटाले गोल गर्दै सिटीको अन्तर दुई एकमा झारे । लिग कपको फाइनलमा गोल गर्ने उनी पाँचौ अफ्रिकन खेलाडी बनेका छन । यसअघि डिडियर ड्रोग्वा, जोसेफ जब, ओबाफेमी मार्टिन्स, याया टाउरेले गोल गरेका थिए ।

पहिलो हाफ दुई एकको अवस्थामा सकिएका बेला दोस्रो हाफमा दुबै टिमबाट पोष्टमा आक्रमण भएपछि गोल हुन सकने । जोन टेरी सहायक प्रशिक्षक रहेको एस्टोन भिल्लाले खेलमा फर्कने दुई मौका पाएको थियो तर सफल भए ।

यता पेप ग्वार्डियोलाको सिटीले दोस्रो हाफमा तीन उत्कृष्ट मौकालाई आत्मसाथ गर्न सकेन । तर पनि पहिलो हाफको दुई गोलले उसलाई लिगको उपाधि उचाल्न पर्याप्त बन्यो ।

यो सिजनको उपाधिसँगै उसले लिग कपमा ह्याट्रिक गरेको छ । यसका साथै सिटीले सर्वाधिक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा शीर्ष स्थानका रहेको लिभरपुलको अन्तर पनि एकमा झारेको छ । लिभरपुलले अहिलेसम्म आठ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

लिभरपुल अन्तिमपटक सन् २०१२ मा उपाधि जित्न सफल भएको थियो भने २०१६ मा फाइनलमा सिटीसँग पराजित भएको थियो ।

 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया