विराट काेहली पत्रकारसँग रिसाए, 'आधा जानकारी लिएर किन आउनुभयाे ?'

 फागुन १९, २०७६ सोमबार १४:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टिमको न्युजिल्याण्ड यात्रा सकिएको छ । न्युजिल्याण्डले दोस्रो टेस्टको तेस्रो दिनमा भारतलाई सात विकेटले पराजित गरेको हो ।

कप्तान विराट कोहलीले खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दा एक प्रश्ननमा रिसाँउदै संवाददाताप्रति आक्राेशित भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारकर्मीसँग रिसाएकाे विराटकाे भिडयाे अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एक जना पत्रकारले विराटलाई सोधेको प्रश्नमा उनी पत्रकारमाथि खनिएका थिए । विराटले सबै कुरा थाहा नपाइ कुनै प्रश्न सोध्नुहुँदैन भन्दै सञ्चारकर्मीलाई आक्रामकरुपमा जवाफ दिएका थिए ।

केन विलियमसन आउट भएपछि आफ्नाे व्यवहारकाे बारेमा के भन्न चाहानुहुन्छ ? कप्तान भएकोले आफैले राम्राे उदाहरण बसाल्नुहुँदैन जस्तो लाग्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा विराट आक्रोशित भएका थिए ।

‘तपाईँले पूरै घटना के हो पत्ता लगाउनुपर्छ र राम्रो प्रश्नको साथ आउनुपर्छ। अब तपाईं आधा प्रश्नको साथ उठ्न सक्नुहुन्न। हो, यदि तपाईंले विवाद उठाउनुपर्‍यो भने यो सही स्थान होइन। मैले म्याच रेफ्रीसँग कुरा गरेको छु। के भएको हो, त्यसमा उनीहरूलाई कुनै समस्या छैन’, विराटले भने ।

टेस्ट सीरिजमा भारतीय टिमको प्रदर्शन अत्यन्त निराशाजनक थियो र टिमको ब्याटिङ पूर्ण ध्वस्त नै थियो र कप्तान कोहलीले पनि राम्राे प्रदर्शन गर्न सकेका थिएनन् ।

‘हामीले  हाम्रो योजनालाई राम्रोसँग कार्यान्वयन गर्न सकेनौँ र न्युजिल्याण्डले राम्रो खेलेको हो। हाम्रा ब्याट्सम्यानले बलरलाई आक्रमण गर्न पर्याप्त सफल भएनन् । हामी राम्रो क्रिकेट खेल्दैनौँ भन्ने कुरामा विश्वास गर्दैनौँ । यदि तपाईं बाहिर खेल्न चाहानुहुन्छ भने तपाईँले राम्रो खेल्नुपर्नेछ। हामी कुनै बहाना गर्दैनौं, केवल हारबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्ने धारणा हो’, उनले थपे ।

आईसीसी टेस्ट च्याम्पियनशिपमा यो भारतको लगातार दोस्रो हार हो । भारतले अर्काे महत्त्वपूर्ण यात्रा अष्ट्रेलियाको विरूद्धकाे हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया