काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - रियल मड्रिडले आइतबार घरेलु मैदान सान्टियागोमा बार्सिलोनालाई पराजित गर्न सफल भयो । सिजनको दोस्रो ला लिगा क्लासिकोमा बार्सिलोनालाई रियलले दुई-शून्यले पराजित गरेको हो ।
भिनिसियसको गोलमा मड्रिडले अग्रता लिएकाे थियाे । डायजले मड्रिडका लागि अर्काे गाेल थप्दा बार्सिलोना हार्न बाध्य भयाे । बार्सिलोनाले एल क्लासिकोमा गरेको फितलो प्रदर्शनका कारण हार बेहाेरेकाे बताइए पनि बार्सिलोनाले हार बेहाेर्नुका केही कारण यस्ताे छ ।
१. मेस्सीमाथि बार्सिलोनाको पूर्ण भरोसा
बार्सिलोना आफ्नो ३२ वर्षीय कप्तान लियोनल मेस्सीमाथि पूर्णरुपमा भर परेकाले पनि हार्न पुगेको देखिन्छ । मेस्सीले यसअघिकाे खेलमा इयबरविरुद्ध चार गोल गरेका थिए र त्यहीँबाट मेस्सीका समर्थकहरु उनलाई एल क्लासिकोमा पनि जम्न सक्ने विश्वास गर्दथे ।
बार्सिलोनाको टिमले उत्कृष्ट प्रदर्शन गर्दा पनि कप्तानले सोचेजस्तो राम्रो खेल्न सकेनन् । मेस्सीले एल क्लासिकोमा मौका पाएनन् र सिर्जना पनि गर्न सकेनन्, जसका कारण रियलसँग बार्सिलोना हार्याे ।
२. दोस्रो हाफपछि बार्सिलोनाका खेलाडीले धेरै गल्ती गर्नु
पहिलो हाफमा समान देखिएको खेलको दोस्रो हाफमा पनि खेलमा धेरै भिन्नता देखियो । बार्सिलोनाले पहिलो हाफमा धेरै मौका पाएको थियो तर मौकालाई सदुपयोग गर्न सकेन भने रियल मड्रिडका खेलाडी दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल रहे ।
बार्सिलोनाका डिफेन्डर आफ्ना गोलकिपर टेर स्टेगिनको बललाई जोगाउने प्रयास गर्दागर्दै दुई पटक स्टेगिनलाई दोधारमा पारेका थिए र दुवै गोल सामान्य रुपमा भएका थिए ।
३. रियल मड्रिड घरेलु जितको भोको हुनु
गएकाे हप्ता घरेलु मैदानमा भएको लेभन्टे र सीटीसँगको हारका कारण घरेलु दर्शकले खेलाडीहरुमाथि प्रश्न उठाउन थालेका थिए । त्यसैले पनि रियलका खेलाडीहरुलाई बार्सिलोनासँग जसरी पनि जित निकाल्नु थियो । सुरुको हारको बदला लिनका लागि पनि रियल बार्सिलोनासँग दबाबपूर्ण खेल खेलिरहेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।