पहाडी भेगका केही ठाउँमा चट्याङसहित पानी पर्ने, काठमाण्डाैमा बादल लाग्ने

 फागुन २०, २०७६ मंगलबार ७:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मङ्गलबार पहाडी भेगका केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

यस्तै दिउँसोसम्म पारिलो घाम लाग्ने काठमाण्डाैमा दिउँसोपछि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डाैमा मङ्गलबार हिजाेजस्तो मेघगर्जन हुने वा पानी पर्ने सम्भावना भने कम छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया