हरियो तरकारीको भाउ केही घट्यो
कात्तिक २३, २०८१ शुक्रबार
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।
यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए । ३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Binod Raut
July 26, 2018, 5:47 a.m.यो कुरा ले त यस्तो अनुभब भयो कि कुनै सतकको समाचार सुन्न विराट कोहली, माज्नुर जस्तो खेलाडी चाहिन्छ भन्ने छैन हाम्रो देश नेपाल का खेलाडी नै काफि छ। त्रिकोणात्मक र एकदिवसीय खेलमा बिजय गरोस अग्रिम शुभकामना व्यक्त गर्दछु साथै सबै खेलाडीहरू लाई धेरै धेरै धन्यवाद। जय नेपाल।।।।।।।