टी-२० काे नयाँ वरीयता : नेपाल तीन स्थान तल झर्यो‍

 फागुन २१, २०७६ बुधबार ६:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टी-२०’ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

आईसीसीले म्गलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टी-२०’ वरीयतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र यूएई क्रमश: १२ औँ र १४ औँ स्थानमा रहेका छन् । ‘टी-२०’ वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौथो तथा दक्षिण अफ्रिका पाँचाैँ स्थानमा छन् ।

एक दिवसीय वरीयतामा भने नेपाल यथावत रहेको छ । नयाँ वरीयताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया