छुट्टाछुट्टै दुर्घटनामा चार जनाकाे ज्यान गयाे

 फागुन २१, २०७६ बुधबार ११:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगर, महाेत्तरी र भाेजपुरका छुट्टाछुट्टै दुर्घटनामा  चार जनाकाे ज्यान गएकाे छ ।

 विराटनगर महानगरपालिका–१९, मिलनचोकमा टिप्परको ठक्करबाट टेम्पोमा रहेका २ जनाको ज्यान गएको हाे ।

को १ क २९१७ नम्बरको टिप्परले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक ग्रामथान गाउँपालिकाका बाबुुराम सरदार र उहाँकी छ वर्षकी नातिनी आरोही सरदारको ज्यान गएको हो । घटनापछि स्थानीय बासिन्दाले टिप्परमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।

टिप्पर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै महोत्तरी–धनुषा जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिप्परको ठक्करबाट मोटरसाइकलको ज्यान गएको  छ । ना १ क ५८ २६ नम्बरको टिप्परको ठक्करबाट बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकल चालक महोत्तरीको सम्सी गाउँपालिका–५ का कालीचरण यादवको उपचारको क्रममा जलेश्वर अस्पतालमा बुधबार बिहान ज्यान जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

यस्तै भोजपुरको पौवादुङमा गाउँपालिका २ मा ट्रयाक्टर दुर्घटना हुँदा परिचालकको ज्यान गएको छ । दुर्घटनामा परेर घाइते भएका पौवादुङमा गाउँपालिका १ का जनक भुजेलको जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया