काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – नेपाल एसीसी टी–२० इस्टर्न रिजनबाट एक खेलअघि नै बाहिरिएकाे छ । बुधबार भएको खेलमा सिङ्गापुरले हङकङलाई हराएसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको हो ।
हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको झिनो आशा थियो । तर सिङ्गापुरले हङकङलाई १६ रनले हराएपछि नेपालको झिनो आशा पनि समाप्त भएको हो ।
नेपालका लागि हङकङले सिङ्गापुरलाई हराउने र अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई हराएर हङकङले मलेसियालाई हराउनुपर्ने 'इक्वेसन' थियो । जसमा नेपालले सिङ्गापुरलाई भारी अन्तरले हराउनु पर्ने अवस्था हुनसक्थ्यो । तर सिङ्गापुर विजयी भएपछि सबै इक्वेसन समाप्त भएको छ ।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार बेहाेरेकाे थियो । तेस्रो खेलमा आएर कमजोर टिम थाइल्याण्डलाई ९ विकेटले हराएर अङ्क जोडेको थियो ।
तर त्यसको चार घण्टामा नै नेपालका लागि दुःखद् खबर आयो । जसमा सिङ्गापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६८ रन बनायो । उसका लागि टिम डेभिडले ५८ रन बनाए भने सुरेन्द्रम चन्द्रमोहनले ३२ तथा सिद्धान्त सिंहले १७ रन बनाए । यस्तै मनप्रित सिंहले ४२ रनको योगदान गरे ।
जवाफमा हङकङ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ५२ रनमा रोकियो । उसका लागि जेम्स जोन एट्किन्सनले ५० रन बनाए भने सहिद वासिफले १७ तथा किनचित शाहले १४ रन बनाए ।
बलिङमा सिङ्गापुरका अनन्थ कृष्णा, अहान अचर र आर्यमन सुनीलले दुई–दुई विकेट लिए । यो जितले सिङ्गापुर शीर्ष दुईमा पुगेको छ । सिङ्गापुरले एसिया कप छनोट खेल्ने भएको छ । अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ashok ghimire
March 4, 2020, 5:24 p.m.आफुले जित्न नपर्ने, अरूकाे जीतहारकाे हिसाब किताब निकलेर क्वालीफाई हुने सपना नदेख्दा राम्रो हुन्छ ।