सन् २०२२ मा पनि ब्राजिल फुटबलको नेतृत्व टिटेले नै सम्हाल्ने

 साउन १०, २०७५ बिहीबार ९:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

टीटेले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलसम्म ब्राजिल फुटबलको नेतृत्व सम्हाल्ने भएका छन् ।

ब्राजिल फुटबल कन्फेडरेशन (सीबीएफ)ले ५७ बर्षीय प्रशिक्षक टीटेसँग ४ बर्षको सम्झौता नविकरण गरेको जनाएको छ । सन् २०१६ मा ब्राजिल फुटबलको नेतृत्वमा आएका टीटेको टीम हालै सम्पन्न भएको विश्वकपमा क्वाटर फाइनलबाट विदा भएको थियो ।

पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको थियो । सीबीएफले ब्राजिलको फुटबलको दीर्घकालिन बिकास योजना बनाएकाले पटक पटक प्रशिक्षक फेर्नुको साटो अनुभवी प्रशिक्षक टीटेलाई जिम्मेवारी दिनु ठीक ठानिएको समाचारमा जनाइएको छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया