काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले शुक्रबार अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ ।
अहिलेसम्म तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ । जसका कारण नेपालकाे शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ ।
नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो । शुक्रबार प्रतिष्ठाको रुपमा लिएको नेपाल र सिङ्गापुरबीचको खेल बिहान सवा ८ बजेदेखि सुरु हुनु पर्नेमा वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।
लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेकाे सिङ्गापुर नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुने छ । नेपाल भने सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेर फर्कने दाउमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।