फिफा विश्वकप छनाेट अन्तर्गत नेपालका खेल तत्कालका लागि स्थगित

 फागुन २३, २०७६ शुक्रबार १७:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय र एसियाली फुटबल महासंघले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

फिफा र एएफसीको संयुक्त बैठकले कोरोना भाइरसका कारण तत्कालका लागि तय भएका खेलहरु स्थगित गर्ने बताएको छ ।

फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय थियो । खेल स्थगित भए पनि नेपाली टिमले तयारी नरोक्ने जनाएको छ । 

विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो ।

फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर प्रतियोगिताका बारेमा जानकारी दिने बताएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया