काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । योसहित मच्छिन्द्रले यस सिजनमा तीन वटा उपाधि जितिसकेको छ । लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सताक्षी गोल्डकपको उपाधि जितेको थियो ।
इलामको टुँडिखेलमा भएको फाइनलमा मच्छिन्द्रले आयोजक माइभ्याली क्लबलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।
खेलको १२ औं मिनेटमा माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा भने मछिन्द्रले अग्रता लिएकाे थियाे । क्लबका लागि विदेशी खेलाडीले गोल गरेका हुन् । मछिन्द्रले माइभ्याली गोल्डकपको उपाधि पहिलो पटक जितेको हो ।
उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।