काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको टिप्पणीलाई नकारात्मक रुपमा लिएको भन्दै गुनासो गरेका छन्।
उनले अहिलेकै अवस्था रहे नेपाली क्रिकेट अध्याँरोमा धकेलिने प्रतिक्रिया दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले गलत मनसायले टीमबारे टिप्पणी नगरेको बताएका छन् । उनले टीमकाे वर्तमान अवस्था र नतिजाकाे मूल्याङ्कन गरेर अघि बढ्नुपर्नेमा जाेड दिए।
व्यक्तिगत रुपमा आफ्नो प्रदर्शन सन्तोषजनक रहेपनि आफूभन्दा टीमलाई प्राथमिकतामा राखेको उनले बताए । नेपाली टीममा अहिले ब्याटिङ र बलिङ दुवैमा समस्या रहेकाे स्वीकार्दै यसलाई सुधार गरेर आउँदा प्रतियाेगिताका लागि तयारी गर्नुपर्ने उनकाे भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।