अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरीजमा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

 फागुन २५, २०७६ आइतबार ७:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अष्ट्रेलिया विरुद्धको एक दिवसीय सिरीजमा दक्षिण अफ्रिकाले ‘क्लिन स्विप’ गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा सिरीज कब्जा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ५४ रन बनायो । अष्ट्रेलियाका लागि मार्नुसले शतकीय पारी खेले । उनले एक सय आठ बलमा आठ चौकाको मद्दतले एक सय आठ रन नै बनाए । यस्तै डासे सोर्टले ३६ तथा मिचेल मार्सले ३२ रन बनाए । यस्तै झे रिचार्डसनले २४ तथा आरोन फिन्चले २२ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिकाले ४५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि केली भेरेनेले ५० रन बनाए भने क्विन डी ककले २६ तथा जानीमन मलनले २३ रन थपे ।

एकदिवसीय क्रिकेटमा गरेको प्रदर्शनका कारण मलन टी २० सिरीजमा पनि टिममा परेका छन । यस्तै जेजे स्मुट्सले ८४ रन बनाए भने हेनरीच क्लासिनले ६२ रनको योगदान गरे । दक्षिण अफ्रिका पहिलो खेलमा ७४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया