काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - इङ्गिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २-० ले हराएको हो ।
घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले गोल गरे । ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको खेलको इञ्जुरी समयमा म्याकटोमिनीले गोल थपेका थिए ।
खेलमा सिटीका सर्जियो अग्युरोले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएन । जितसँगै युनाइटेड २९ खेलमा ४५ अङ्क जोड्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानको सिटीको ५७ अङ्क छ । प्रिमियर लिगमा लिभरपुल ८२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।