काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – टोटनह्याम हट्स्पर युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । जर्मन क्लब लिप्जिगसँग तीन–शून्यकाे पराजय भोगेपछि गएकाे संस्करणको फाइनलिस्ट टोटनह्यामको यात्रा सकिएको हो ।
दश वर्षअघि स्थापना भएको लिपजिगले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा एक–शून्यकाे जित निकालेको लिपजिगले आफ्नो मैदानमा तीन गोल थप्दा समग्रमा टाेटनह्याम चार–शून्यले पराजित भयाे ।
मार्सल स्याबिट्जरले पहिलो हाफमा नै दुई गोल गरेपछि टोटनह्याम दबाबमा परेकाे थियो । १० औँ मिनेटमा स्याबिट्जरले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । २१ औँ मिनेटमा पोस्ट नजिकैबाट एन्जेलिनोको पासमा हेडर गर्दै लिप्जिगलाई समग्रमा अग्रता दिलाए ।
पहिलो हाफमा दुई गाेल गरेकाे लिपजिगले दोस्रो हाफमा थप एक गोल थप्यो । ८७ औँ मिनेटमा इमिल फोर्सबर्गले गोल गरे । स्याबिट्जरको ठाउँमा मैदान प्रवेश गरेपछिको पहिलो शटमा नै उनले गोल गरेका थिए ।
इन्ज्युरीको मारमा रहेको टोटनह्याम खेलमा फर्कन सकेन र पराजित भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।