जुत्ता कारखानामा आगलागी, एक जनाकाे ज्यान गयाे

 फागुन २८, २०७६ बुधबार १५:५५:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ्ग इन्डष्ट्रिज प्राइभेट लिमिटेडमा मङ्गलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

आगलागीमा परेर ज्यान गुमाउनेकाे सनाखत हुन सकेको छैन भने घाइते भएका उद्योगका कामदार कार्यरत दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । कम्पनीले जुत्ता चप्पल उत्पादन गर्दै आएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका, नेपालगञ्ज विमानस्थल र बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका ६ वटा दमकलकाे सहायताले सुरक्षा निकायले उद्योगमा लागेको आगो बुधबार बिहान पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया