काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने भनिएको एसिया ११ र विश्व ११ बीचकाे प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।
बङ्गलादेश क्रिकेट सङ्घले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सेइख मुजीबुर रहमानको जन्मदिनको अवसर पारेर बङ्गलादेश क्रिकेट सङ्घले यो प्रतियोगिता गर्न लागेको थियो ।
ढाकामा हुने भनिएको प्रतियोगितामा एसिया ११ बाट विराट कोहली, लसिथ मालिङ्गा लगायतका खेलाडी खेल्ने तयारीमा थिए । यस्तै टिममा नेपाली खेलाडी सन्दीप लामिछाने पनि परेका थिए ।
तर बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सूचना नआउँदासम्मका लागि प्रतियाेगिता स्थगित भएको बताए । यसका साथै बोर्डले एआर रहमानको साङ्गीतिक कार्यक्रम पनि स्थगित गरेको छ । सेरे बाङ्गला राष्ट्रिय रङ्गशालामा हुने कार्यक्रमका लागि बोर्डले तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे थियो ।
पछिल्लो पटक कोरोना भाइरस (काेभिड–१९) को त्रासका कारण हरेक देशले सावधानी अपनाइरहेका छन । जसका लागि सुरक्षा व्यवस्थामा कडाइ गर्नुका साथै जथाभाबी भिड गर्न रोक लगाएको छ । बङ्गलादेश सरकारले पनि कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाइरहेको छ ।
बोर्डले अरु कार्यक्रम स्थगित भए पनि ढाका प्रिमियर लिग क्रिकेट भने तोकेको समयमा नै हुने बताएकाे छ । याे प्रतियोगितामा धेरै समर्थकको उपस्थिति नहुने भन्दै प्रतियोगिता गर्न लागेको हो । यसका साथै जिम्बाब्वेसँगको टी–२० सिरीजमा पनि बोर्डले टिकट बिक्रीमा रोक लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।