काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ । क्लबले तत्काल प्रशिक्षण रोकेर आर्टेटासँगै रहेका खेलाडी र कर्मचारीहरुलाई निगरानीमा राखेको छ ।
यसैबीच प्रिमियर लिगले शुक्रबार आपतकालिन क्लब बैठक बोलाएको छ । यो बैठकले प्रिमियर लिग स्थगन गर्ने विषयमा निर्णय गर्नेछ ।
‘यो वास्तवमै निराशाजनक छ’, ३७ वर्षीय आर्टेटाले भने ।
‘खराब महसुस गरिसकेपछि मैले परीक्षण गराएको हुँ । म अनुमति पाउने बित्तिकै काममा फर्कन्छु’, उनको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।