काेराेना त्रास : रियल र सिटी तथा युभेन्टस र लियाेनबीचकाे खेल स्थगित

 फागुन ३०, २०७६ शुक्रबार ६:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले आसन्न युरो कप २०२० को खेल तालिका सार्ने भएको छ ।

काेभिड–१९ (काेराेना भाइरस) काे त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लेग खेल स्थगित भएको हाे । पहिलो लेगमा सिटी रियलविरुद्ध दुई-एकले अघि छ ।

पछिल्लो पटक कोरोनाका कारण रियलका खेलाडी क्वारेन्टाइनमा राखिएकाले यो खेल स्थगित गरिएको हो । मार्च १७ तारिखमा हुने भनिएको यो खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो ।

यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल पनि काेराेनाका कारण स्थगित भएको छ । दोस्रो लेगकाे खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तय भएकाे थियाे ।पहिलो लेगमा युभेन्ट्स एक-शून्यले पछि रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया