कोरोनाको जोखिमले साउदी र बहराइनमा श्रमिकको मागपत्र प्रमाणीकरण गर्ने काम रोकियो

 फागुन ३०, २०७६ शुक्रबार १७:३७:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरसका कारण साउदी अरब र बहराइनमा रहेका नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरण गर्न बन्द गरेका छन् । 

कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेपछि साउदी र बहराइनमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम बन्द गरेका हुन् । 

बहराइन र साउदीबाट आउने संस्थागत र व्यक्तिगत दुवै माग प्रमाणीकरणको काम अस्थायी रुपमा बन्द गरिएको दूतावासले जनाएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया