हरियो तरकारीको भाउ केही घट्यो
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडौं – अर्को महिना इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुद र त्यसपछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा १० दिने विशेष तयारी गर्ने भएको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २९ जना खेलाडी सम्मिलित टोलीलाई थाइल्याण्ड भ्रमण गराउन लागेका छन् । नेपाली टोली अर्को शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।
थाइल्याण्डमा रहँदा नेपालले अगष्ट ७ मा त्यहाँको ए डिभिजन क्लवको टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अगष्ट १० मा थाइल्याण्डको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रशिक्षक कोजी र उनको टोली आगामी भदौ २ देखि १७ सम्म इण्डोनेसियाको जाकार्तामा हुने एसियाली खेलकुदको तयारीस्वरुप त्यस हावापानीसँग सुहाउँदो प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अगष्ट १२ मा उतैबाट इण्डोनेसिया प्रस्थान गर्नेछ ।
एसियन गेम्स अन्तर्गतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । त्यसपछि सेप्टेम्बर ४ देखि बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउनेछ । एसियाली खेलकुदमा यू–२३ टोली समावेश हुने भएकाले दुवै प्रतियोगिताको तयारीस्वरुप २९ खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउन लागिएको एन्फाले जानकारी दिएको छ ।
एसियाली खेलकुदमा नेपाल समूह डी मा छ । यस समूहमा एसियाली पावरहाउस जापान, भियतनाम र पाकिस्तान छन् । त्यस्तै साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली बंगलादेश, पाकिस्तान र भुटानको समूहमा परेको छ ।
दुवै प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो तीन महिनादेखि काठमाडौंमा प्रशिक्षणरत छ ।
गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने र सोजित गुरुङ
डिफेण्डरः कप्तान विराज महर्जन, रविन श्रेष्ठ, गौरव बुढाथोकी, सुमन अर्याल, छिरिङ गुरुङ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
मिडफिल्डरः विशाल राई, रोहित चन्द, सुजल श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सन्तोष तामाङ, सुमन लामा र तेज तामाङ
स्ट्राइकरः भरत खवास, जर्जप्रिन्स कार्की, विमल घर्तीमगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, सुनिल बल र अभिषेक रिजाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।