जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजारमा आइतबारदेखि दैनिक पाँच घण्टा कारोबार सुरु भएको छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएकोमा आइतबारदेखि बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म कारोबार हुने भएकाे हो ।
अब बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार र ११ देखि ४ बजेसम्म बोलकबोल र अन्तिम कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन ३० गते पत्र पठाएर कारोबार समयावधि बढाउन निर्देशन दिएको थियो ।
पाँच घण्टा कारोबार गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकोले कारोबार समय बढाइएको धितोपत्र बोर्डका प्रवक्ता निरोज गिरीले उज्यालोलाई जानकारी दिनुभयो । परिक्षणको रुपमा कारोबार समय बढाइएको र एक हप्तापछि पुनर्विचार गर्न सकिने गिरीको भनाइ छ । कारोबार समय बढाउँदा लगानीकर्तालाई सहज हुने उहाँको दाबी छ ।
तर लगानीकर्ताहरुले भने नेप्सेले अनुपयुक्त समयमा कारोबार अवधि बढाएको भन्दै विरोध जनाएका छन् । विश्वभरि कोरोनाको माहामारी फैलिएर शेयर बजार अस्तव्यस्त भइरहेको बेला नेपालमा कारोबार अवधि घटाउनुको साटो बढाएको भन्दै लगानीकर्ताले विरोध जनाएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।