चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा...
कात्तिक २३, २०८१ शुक्रबार
युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल अन्तरगत इष्ट लण्डन शार्क्सलाई २५२ रनको लक्ष्य दिएको छ ।
चार अभ्यास खेल अन्तरगत टी-ट्वान्टीमा पराजित भएको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट गुमाएर २५१ रन बनाएको थियो ।
खेलमा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ७५ रनको पारि खेले । ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे ।
यसअघि ५० ओभरको अभ्यास खेलमा शतकीय पारि खेलेका अनिल कुमार साह आज भने चल्न सकेनन् । उनी जम्मा ११ बल फेस गर्दै ८ रनमा पेभेलियन फर्किएका थिए ।
यसैगरी ३० बल खेलेका कप्तान पारस खड्काले ६७ रन बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे ।
२६ बल खेलेका दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । विस्फोटक ब्याटिङ गरेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।
रोहित कुमार पौडेल १२ रन बनाउँदा आरिफ सेख २ रनमा आउट भए । इष्ट लण्डनका सलिम अकबरले २ तथा अर्सद हारुन र बिलाल बटले एक एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramchandra Neupane
July 26, 2018, 7:57 p.m.Gyane le garchau