कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल म...
कात्तिक २३, २०८१ शुक्रबार
युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल अन्तरगत इष्ट लण्डन शार्क्सलार्इ १३४ रनले पराजित गरेको छ ।
यससँगै युरोप भ्रमणमा रहेको नेपाली टोलीले खेलेका ४ खेल ३ वटा अभ्यास खेलमा विजयी हुँदै सुखद् अन्त्य गरेको छ ।
नेपाल दुईवटा एक दिवसीय र एउटा टी-ट्वान्टी क्रिकेटमा विजयी भयो । शार्क्सलार्इ नेपालले दिएको २५२ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा शार्क्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । नेपालका लागि तीन जना ब्याट्सम्यानहरुले अर्धसतकीय पारि खेलेका छन् ।
ज्ञानेन्द्र मल्ल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले अर्धसतक भन्दा बढी रन बनाएका हुन् । आजको खेलमा ओपनर व्याट्सम्यान ज्ञानेन्द्र मल्लले ७५ रनको पारि खेले । ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे ।
यसअघि ५० ओभरको अभ्यास खेलमा सतकीय पारि खेलेका अनिल शाह आज भने चल्न सकेनन् । उनी जम्मा ११ बल सामना गर्दै ८ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी ३० बल खेलेका कप्तान पारस खड्काले ६७ रन बनाए ।
६ छक्का र ४ चौका प्रहार गरे । २६ बल खेलेका दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे ।
विस्फोटक व्याटिङ गरेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरेका थिए । रोहित कुमार पौडेल १२ रन बनाउँदा आरिफ सेख २ रनमा आउट भए । इष्ट लण्डनका सलिम अकबरले २ तथा अर्सद हारुन र बिलाल बटले एक एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।