आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लाग्यो

 साउन ११, २०७५ शुक्रबार १४:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थलको टुङ्गो लागेको छ । प्रतियोगितामा आउँदो मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा हुँदैछ ।
 
खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मासहित बसेको प्रतियोगिताको मूल आयोजक समारोह समितिको बैठकले प्रतियोगितामा समावेश खेलहरु खेलाउने ठाँउको टुङगो लगाएको हो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लामा हुनेछन् भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछन् ।
 
बैठकले नेपालगञ्ज रंगशालामा उद्घाटन र समापन गर्ने निर्णय गरेको छ भने त्यसलाई स्तरोन्नति गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाउने भएको छ । जसमा पुरुष फुटबलसहित एथ्लेटिक्सका विभिन्न स्पर्धा हुनेछन् ।
 
मूल आयोजक समारोह समितिले गरेको निर्णयअनुसार बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु हुनेछन् ।


 

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया