सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
डोटी - सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाललाइ रोकिएको छ ।
डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा निर्णय हाललाइ रोकिएको हो । दिपायलबाट ती कार्यालयहरु कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसँगै डोटीमा निकै विवाद सुरु भएको थियो ।
डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल तत्काल नसार्ने भन्ने जानकारी आएपछि अहिले यहाँका स्थानीयबासीहरु निकै खुशी भएका छन् । डोटीको दिपायलबाट राजधानी कैलालीमा सरेसँगै यहाँ भएका क्षेत्रीय स्तरका कार्यालयहरु पछिल्लो समय धमाधम सारिन थालेका छन् ।
दिपायलमा भएका कार्यालयहरु सारिन थालेपछि यहाँ भएका भौतिक संरचनाहरु खण्डहर बन्दै गएको स्थानीयको गुनासो छ ।