स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट

 चैत २०, २०७६ बिहिबार १६:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्यजन्य सामग्री खरिद प्रकियामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ मुकुन्द अधिकारीले बिहीबार सर्वोच्च अदालतमामा रिट निवेदन दर्ता गर्नु भएको हो ।

यसअघि सरकारले बुधबार मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समयभित्र ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताउनु भएको थियो ।

संकटका बेला मेडिकल सामग्री खरिदमा अनियमितता भएको भन्दै अहिले सरकारले आलोचना भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया