प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने मलाई पनि रहर छ : कोइराला

 साउन १२, २०७५ शनिबार १०:७:१३ | भवानीप्रसाद पाण्डे

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको बताउनु भएको छ ।

रिर्पोटर्स क्लब रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताउँदै मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने रहर आफूलाई पनि लागेको बताउँदै उहाँले हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिनुभयो । भ्रम एक पटक छर्नुभयो त्यसको उब्जनी पनि राम्रै भयो अब फेरि भ्रमको खेती चल्दैन उहाँले भन्नुभयो ।

कांग्रेस कमजोर हुनुमा नेतृत्व मुख्य जिम्मेवार रहेको भन्दै उहाँले सभापतिदेखि महामन्त्रीसम्मले कांग्रेस कमजोर हुनुको जिम्मेवारी लिनु पर्ने बताउनु भएको हो । पार्टीलाई बलियो बनाउन आफू कार्यकर्ता र सर्वसाधारणसँग भेट गर्ने अभियानमा लागेको उहाँको भनाई छ । नेतृत्वका लागि महामन्त्री शंशाक कोइराला र आफनो बीचमा कुनै विवाद नरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Sp awasthi

    July 28, 2018, 10:39 a.m.

    वहाको टुक्का ले हत्केलामा तोरि उम्रदैन भन्याथ्यो तर टुक्कै टुकामा उमार्ने प्रयास गर्दैछन कतिसफल हुन्छन जनताले हेर्नुभने बाकिनैछ पानिजहाज=टुक्का!

  •  0 Reply

तपाईको प्रतिक्रिया