जुन ५ : खाडीका ६ देश र मलेसियामा काेराेना सङ्क्रमणकाे पछिल्लो अवस्था

९ हजारभन्दा धेरै नेपाली सङ्क्रमित

 चैत २५, २०७६ मंगलबार ९:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

(नाेट : खाडीका देश र मलेसियाको पछिल्लो कोरोना अपडेट दिनमा दुई पटक हुन्छ । यो अपडेटमा त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका सङ्क्रमित नेपालीकाे  सङ्ख्या​ र गैरआवसीय नेपाली संघ एनआरएनएको तथ्याँक समावेश गरिएको छ । )

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उपलब्ध भए पनि, नभए पनि आधारभूत तलब सुविधा पाउनेछन् । 

करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

सङ्क्रमित सङ्ख्या : ६५ हजार ४९५ ज‍ना । ( ६ हजार ९ सय ११ जना नेपाली नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ४० हजार ९३५ जना ।(निको हुने नेपालीको सङ्ख्या उल्लेख्य रहेको कतार सरकारको भनाइ छ ।)

अस्पतालमा उपचाररत : २४ हजार ५११ जना ।

मृतकको सँख्या : ४९ जना । (दूतावासका अनुसार, ४  जना नेपाली )

कतारमा सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले सङ्क्रमित ​नेपालीकाे यकिन तथ्याँक दूतावासलाई पनि जानकारी छैन । माथि समावेश गरिएकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।

दूतावासकाे सल्लाह:

कतारमा कोरोना भाइरसका कारण समस्यामा पर्नुभएकाे छ भने अनलाइनमार्फत समस्यासहित यथार्थ विवरण भर्नुहाेस् ।  

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् । 

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ । 

भिसाकाे म्याद सकिएमा

कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

– नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् । 

– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

यूएईको दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कफ्र्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ ।दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु, थोक तथा होलसेल पसलहरु खुला भएका छन् । यूएईका अन्य राज्यमा लागू हुनेछैन । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : ३७ हजार १८ जना । ( ५ सय नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : १९ हजार ५७२ जना ।

अस्पतालमा उपचाररत : १७ हजार १७३ जना । 

मृतकको सँख्या : २७३ जना । (१८ जना नेपालीसहित)

नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । यूएईले सङ्क्रमितको राष्ट्रियता नखुलाउदा यूएईमा रहेको नेपाली दूतावासले पछिल्लो समय सङ्क्रमित नेपाली र कोरोनाका कारण ज्यान गुमाउने नेपालीको पुष्टि गर्न छाडेको छ । 

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोबाइल एपहरु प्रयाेग गर्नुहोस् । 

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

भिसाकाे म्याद सकिएमा

यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने भएकाे छ । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाड्नु पर्नेछ ।

यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको पनि जरिवाना माफ हुने छ ।

सङ्क्रमित सङ्ख्या : ९५ हजार ७४८ जना (दूतावासका अनुसार, १३६४ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु :  ७० हजार ६१६ जना (दूतावासका अनुसार, साउदीले निको हुने नेपालीको यकिन तथ्याँक खुलाएको छैन ।)

अस्पतालमा उपचाररत : २४ हजार ४९० जना । 

मृतकको सँख्या : ६४२ जना । (दूतावासका अनुसार, ९ नेपालीसहित)

दूतावासकाे सल्लाह:

कोरोना सङ्क्रमण रोकथामका लागि साउदीले जारी गरेको झण्डै दुई महिने लामो कर्फ्यु विभिन्न चरणमा विभाजन गरी केही २८ मेदेखि  खुकुलो बनाइएको छ ।पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाउने र बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीच बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म आउजाउ गर्न पाइन्छ । दुवै चरणमा रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्ने भएका छन् तर पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने बन्द रहनेछन् ।

तेस्रो चरणलाई जून २१ पछिको अवधिमा मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा देशलाई लैजाने योजना बनाएको छ ।

साउदी सरकारले जारी गरेका नियम पालना गर्नुहाेस् ।

सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोललाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।  

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् ।

 अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

भिसाकाे म्याद सकिएमा

साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि उडान खुलेसँगै स्वदेश फर्कन पाइने छ ।

– साउदी अरेबियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रिइन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ । 

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । 

बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : १३ हजार ७३३ जना । (दूतावासका अनुसार, ३३१ जना नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : ८ हजार ४७१ जना ।

अस्पतालमा उपचाररत : ५ हजार २४० जना।

मृतकको सङ्ख्या : २२ जना ।

दूतावासकाे सल्लाह: 

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

कुवेतले पाँच चरणमा विभाजन गर्दै कर्फ्युलाई खुकुलो बनाउने र सामान्य अवस्थामा फर्कन योजना बनाएको छ । पहिलो चरण ३१ मे देखि सुरु हुनेछ भने सेम्टेम्बर १३ देखि कुवेत फेरि पुरानै शैलीमा फर्कनसक्ने बताएको छ ।

काेराेना सङ्क्रमित सङ्ख्या : ३० हजार ६४४ जना ।  (दूतावासका अनुसार, ८४ जना नेपालीसहित)

काेराेना निको भएर घर फिरेकाहरु : १८ हजार २७७  जना । 

अस्पतालमा उपचाररत : १२ हजार १२३ जना ।

काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : २४४ जना ।

नाेट : कुवेतले निकाे हुनेकाे राष्ट्रियता नखुलाएको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ । कुवेतमा सङ्क्रमित नेपालीको सङ्ख्या मे ३ सम्मको हो । त्यसपछि कुवेतले राष्ट्रियता खुलाउन छाडेको छ ।

सामान्य अवस्थामा फर्कन ५ चरणको योजना

पहिलो चरण मे ३१ देखि सुरु हुनेछ र जुन २१ मा सकिनेछ । यो आधा कर्फ्युकै समय रहनेछ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्यु लाग्नेछ । यो चरणमा रेस्टुरेन्ट र क्याफेहरु डेलिभरीका हिसाबले खुल्न पाउनेछन् ।  

दोस्रो चरण जुन २१ देखि सुरु हुनेछ । यो समयमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्नेछ । यो समयमा सरकारी र निजी कार्यलयहरु ३० प्रतिशत कर्मचारीसहित खुल्नेछन् ।  मलहरु बिहान १० बजेदेखि राति ६ बजेसम्म खुल्नेछन् । पैसा साट्ने ठाउँ, वित्तीय क्षेत्र, व्यापार र रेस्टुरेन्ट क्याफेहरु पनि सेवा दिन पाउनेगरी खुल्नेछन् । 

कुवेतमा तेस्रो चरण जुलाई १२ देखि सुरु हुनेछ । यो अवधिमा कर्फ्यु लाग्ने छैन । निजी र सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितिसहित खुल्न पाउनेछन् । होटल र रिसोर्ट लागयत पनि खुल्नेछन् । यो फेजमा ट्याक्सी पनि चल्नेछन् । तर एक जना मात्र यात्रु चढाउन पाइनेछ । 

चौथौ चरण अगष्ट दुईदेखि सुरु गर्ने कुवेत सरकारको योजना छ । यस अवधिमा सरकारी र निजी कार्यालयहरु ५० प्रतिशतभन्दा धेरै कर्मचारीसहित खुल्न पाउनेछन्। होटल, रेस्टुरेन्ट र क्याफेहरुले आफ्ना ग्राहकलाई सेवा दिन सक्नेछन् । र सार्वजनिक यातायातसमेत चल्नेछन् । यात्रीले दूरी भने कायम गर्नुपर्नेछ ।

पाँचौं चरण अगष्ट २३ पछि सुरु हुनेछ । यो समयमा मानिसको दैनिकी सामान्य अवस्थामा चल्ने कुवेतको दावी छ । तर भौतिक दुरी र सरसफाइमा भने ध्यान दिनुपर्नेछ । 

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् ।

फारम भर्न यहाँ  क्लिक गर्नुहाेस्

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् । घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

भिसाकाे म्याद सकिएमा

कुवेतमा रहेका विदेशी नागरिकले ३१ मे पछि ३ कुवेती दिनार शुल्क तिरेर थप तीन महिला भिसाको म्याद थप्न सकिने भएकाे छ । यसअघि कुवेतले तीन महिनाको लागि अथवा मे ३१ सम्म भिसा स्वत: थपिने जनाएकाे थियाे । 

भिसाकाे म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता)सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login  मा गइ  रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ । 

रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने र त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।

ओमानको मस्कट क्षेत्रको लकडाउन मे २९ शुक्रबारदेखि हटेकाे छ । 

सङ्क्रमित सङ्ख्या : १५ हजार ८६ जना ।

निको भएर घर फिरेकाहरु : ३ हजार ४५१ जना ।

अस्पतालमा उपचाररत : ११ हजार ५६३जना ।

मृतकको सँख्या : ७२ जना ।

ओमानले सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले सङ्क्रमित ​नेपालीकाे यकिन तथ्याँक दूतावासलाई पनि जानकारी छैन ।  

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस्

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क उपचार हुनेछ । 

 काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

भिसाकाे म्याद सकिएमा

ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन मलेसियाले लकडाउनकाे अवधि ९ जुनसम्म कायम गरेकाे छ । तर ४ मे देखि लकडाउन केही खुकुलाे बनाएकाे छ ।

सङ्क्रमित सङ्ख्या :  ८ हजार २६६ जना । (दूतावासका अनुसार, ६७ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ६ हजार ६१० जना । (दूतावासका अनुसार, १३ जना नेपालीसहित)

अस्पतालमा उपचाररत : १५ सय ४० जना । (दूतावासका अनुसार, ५४ जना नेपालीसहित)

मृतकको सङ्ख्या : ११६ जना ।

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भर्नुहाेस् ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

भिसाकाे म्याद सकिएमा

मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई मलेसियाकाे लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर दिने भएको छ । मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन ।

लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा लकडाउन सकिएकाे एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत समय लिनु पर्नेछ ।

यो एप मोवाइलमा भएको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ गएर अगाडि नै समय बुक गर्नु पर्नेछ । त्यसका लागि सबैले आफ्नो कम्पनीको सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुपर्छ ।

सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २३, २०७७

12 Comments

  • Prakash poudel

    May 18, 2020, 8:54 p.m.

    म पनि अहिले साउदी अरब मा छु खोइ कहिलेकाही छाती दुख्ने जीउ तातो हुने गर्छ शंखा लागिरहेको छ कोरोना भएको हो कि भनेर अस्पताल जाम बा सुइ हानेर मार्न हो कि भन्ने डर लाग्छ बेहाल छ जिन्दगानी बरु सरकारले जसरी हुन्छ नेपाली लाई फर्काउने कोशिश गरोस् मरे पनि आफ्नै देशमा मरौला

  •  0 Reply
  • Gyan prasad baral

    May 16, 2020, 11:43 a.m.

    समाचार अलि बास्तविक आएन हिजो को क्युएन खबर ले गरेको कार्यक्रममा दुताबासले 91जना पुस्टि गरेको थियो कतार मा तर आज तपाईँले 15जना अलि बास्तविक भएन कि

  •  0 Reply
  • Tika prasad Ghimire

    May 15, 2020, 9:27 a.m.

    यदि खाडि मा भएको नेपाली हरु जसको visa सकिएको छ र visa cancel गरेका नेपाली हरु लाई सरकारले यथासिघ्र चाडाे नेपाल लाने वातावरण नबनाए धेरै नेपालीहरु को अवस्था गम्भीर जोखिम युक्त हुन्छ । कोरोना नलागेको लाई नि लाग्न सक्ने अवस्था हुन सक्छ किनकी एउतै रूम को प्रयोग गराइन्छ । कृपया नेपाल सरकार चाडाे कदम चाल्नु पर्यो।

  •  0 Reply
  • भुबन कुमार मगर

    May 13, 2020, 11:32 p.m.

    हाल यु य ई मा सँङ्क्रमित नेपाली धेरै छन् मेरो बुझाई मा ।500भन्दा माथि नै हुन सक्छ ।मैंले चिनेकै 22जना छन् याहा सत्य तथ्य खबर नै छैन नेपालि साथै सम्पुर्ण मजदुर हरु प्रति । यसरी हावादारी खबर प्रकाशित नगरौ।

  •  0 Reply
  • राम कृष्ण कटुवाल

    May 8, 2020, 11:19 a.m.

    हाल मो युएई मा छु।युएई मा पनि दिन का दिन कोरोना पोजेटिभ को संख्या बढी रहेको छ ।यस मा धेरै नेपाली हरु पनि पार्नु भए को छ उनी हरु अहिले रूम मा नै कोरेन टाइम बस्नु भएको कुरा हरु बाहिर आय को छ यो मीडिया बाट पहल गरी दबाइ उपचार को व्यवस्था मिलाई अकाल मृत्युबाट बाँच्ने आशा हुन्थो।। र युएई मा अलपत्र पार्नु भएका नेपाली हरु लाई WHO को माप दण्ड अनुसार उद्धार गरिनु पर्दछ ।।

  •  0 Reply
  • dawa sherpa tashi sherpa

    May 6, 2020, 1:28 p.m.

    हाम्रो कम्पनीमा चाहिँ अहिलेसम्म coronavirus नभएको र यसको जोखिम मोल्नु परेको छैन र इलिगल रूपमा काम गर्दै गरेका नेपालीलाई कसरी नेपाल फिर्ता गर्न सकिन्छ साल्ला सुझाव पाउन सकिन्छ कि

  •  0 Reply
  • Hem Bahadur Panta

    May 3, 2020, 7:23 p.m.

    हाम्रो कम्पनीमा मात्र ५ जना नेपालीलाई कोरोना पोजिटिभ देखिएको छ। कम्पनिले खासै वास्ता गर्दैन। कोठामै राखेको छ। उपचारको लागि अस्पताल पनि पठाउँदैन ।

  •  0 Reply
  • शाेबलाल पुरी

    May 2, 2020, 4:34 p.m.

    हाे नेपालमा ल्यायर पनि जाेखिम बढि हुन्छ तर जाेखिम लाई मुक्त हुने तवरले उचित व्यवस्थापन गरि कम्तिमा विश्व स्वास्थ्य संघले ताेकेकाे मापदण्डअनुसार करेन्टाईमा राखि काेराेना नभएकाे पुष्टि गरे पछि मात्र सम्बन्धित गाउँ ठाउँमा पठाउनु उपयुक्त हाेला ।

  •  0 Reply
  • Abinas Giro

    April 19, 2020, 9:35 a.m.

    हेल्लो मेरो नाम अविनाश गिरी हो / नेपाल सरकारले नेपालीलाई उद्धार गर्नुपर्छ , तर यसमा पनि धेरै प्रकारका मान्छे छन् जस्तो लाग्छ / जुन कम्पनीले खान बस्न दिएको छैन, शुरुमा यस्ता नेपालीको उद्धार गर्नुपर्छ / त्यसपछि कम्पनीले काम नदिने नेपालीको उद्धार गर्नुपर्छ / यस्ता नेपाली धेरै छन्,यिनीहरुको डाटा बनाउन जरुरी नै छ /

  •  0 Reply
  • Youbaraj Thakuri

    April 18, 2020, 10:04 a.m.

    म अहिले मलेसियामा छु, घर फर्कन चाहन्छु , के गर्ने ??

  •  0 Reply
  • Pom bahadur Gurung

    April 14, 2020, 7:11 p.m.

    मलेसियामा छु , म नेपाल आउन चाहन्छु /

  •  0 Reply
  • mahesh dhungana

    April 13, 2020, 1:59 p.m.

    युएईमा संक्रमित बिरामी अस्पताल जान नपाएको ....पटक पटक फोन गर्दा पनि रेस्पोन्स नआएको भन्न कुरा सुनियो, तपाइँहरुले सम्वन्धित निकायमा पहल गरिदिनुभए अकालमा मर्नु पर्दैन कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया