प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता, कोरोनाविरुद्धको सहकार्य थप बलियो बनाउने सहमति

 चैत २८, २०७६ शुक्रबार १३:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

शुक्रबार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभयो ।

संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।  

यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया