अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टरलाई सेवामा खटिन सरकारको आह्वान

डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कट्टी नहुने

 चैत २८, २०७६ शुक्रबार १७:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सेवामा नरहेका, अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना भाइरसको उपचारमा खटिन आह्वान गरेको छ ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले विपद्को यो घडीमा डाक्टर र स्वास्थ्यकर्मीको भूमिका मुख्य हुने भन्दै अवकाशप्राप्त र छात्रवृत्तिमा पढेकालाई बिरामीको उपचारमा खटिन आह्वान गरेको हो । 

 पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कट्टी हुने हल्ला सत्य नरहेको बताउनुभयो ।

 उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कटौती गर्ने कुनै निर्णय नभएकाले उच्च मनोवलका साथ कोरोनालाई परास्त गर्न लागि पर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया