आईपीएल खाली स्टेडियममा खेलाउन सकिएला तर टी–२० विश्व कप सकिँदैन : म्याक्सवेल

 वैशाख १, २०७७ सोमबार १२:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाली क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले टी–२० विश्व कप क्रिकेट खाली स्टेडियममा सञ्चालन गर्न नहुने सुझाव दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विश्व खेलकुद नै स्थगित भएको छ । अहिले केही प्रतियोगिताहरु खाली स्टेडियममा सञ्चालन गर्नुपर्ने नयाँ बहस पनि भइरहेको छ ।

विश्वकै चर्चित फ्रेचाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) पनि खाली स्टेडियममा सञ्चालन गर्ने विषयमा बहस भइरहेका बेला म्याक्सवेलले आईपीएल खाली स्टेडियममा सञ्चालन भए पनि टी–२० विश्व कप भने खाली स्टेडियममा गर्न नहुने सुझाव दिएका छन् ।

उनले दर्शकहरुलाई स्टेडियमसम्म ल्याउन सकिँदैन भने टी–२० विश्व कप क्रिकेट आयोजना गरेको सार्थक नहुने पनि बताए । अक्टोबरमा अस्ट्रेलियामा टी–२० विश्वकप आयोजना गर्ने कार्यतालिका छ । तर अस्ट्रेलियामा पनि कोरोना भाइरसको प्रकोप बढिरहेकाले यस विषयमा अहिले नै भन्न सक्ने अवस्था छैन ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया