काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - एसियाली फुटबल महासंघ एएफसीले मे र जुन महिनामा हुने भनिएका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगिताको मिती सारेको हो ।
एसियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले स्वास्थ्यको ख्याल राख्दै मे महिनामा हुने प्रतियोगिताहरु सारेको हो ।
एएफसीले कोरोनाको घटनाहरु नजिकबाट नियालिरहेको छ । यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा भिडियो कन्फ्रेन्समार्फत बैठक पनि गरेको थियो ।
जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलिया बीचको खेल पनि स्थगित भएको थियो ।
अहिले स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ । एएफसीका लागि ठूलो चुनौती २०२० को एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह चरणका खेलहरु गर्नु रहेको छ ।
यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितिमा संयमित भएर र नकारात्मक कदम नउठाउन आग्रह गरेको छ ।
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।