दिल्लीमा पिज्जा ‘डेलिभरी ब्वाई’ को कोरोना परीक्षण ‘पोजेटिभ, ७० जना क्वरेण्टीनमा

 बैशाख ४, २०७७ बिहिबार ११:३:० | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भारतको राजधानी दिल्लीमा ७० जनालाई क्वरेण्टीनमा पठाइएको छ । पिज्जा डेलिभरी गर्न आएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण पोजेटिभ देखिएपछि ७० जनालाई क्वरेण्टीनमा पठाइएको हो ।

इण्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ती ७० मध्ये कसैको पनि कोरोना परीक्षण भएको छैन । अधिकारीहरुका अनुसार ७० जनालाई होम क्वरेण्टीनमा राखिएको छ र तीमध्ये कसैलाई कोरोनाको लक्षण देखिए टेस्ट गरिने छ ।

भारतमा लकडाउन दोस्रो चरणमा प्रवेश गरेको छ । भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन घोषणा गरिएको छ र खाद्यान्न र अत्यावश्यक वस्तुको डेलिभरीमा प्रतिबन्ध लगाइएको छैन ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया