काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
ललितपुर – ललितपुर महानगरपालिकाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को होस्टेलको निरीक्षण गरेको छ ।
कोरोना भाइरस (काेभिड १९) को महामारीका कारण क्वरेण्टीनस्थल बनाउने सम्भावित ठाउँहरुको अनुगमन गर्ने क्रममा महानगरपालिकाले सातदोबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा रहेको होस्टेल निरीक्षण गरेको हो । होस्टेलका १४ कोठा क्वरेण्टीनका रुपमा प्रयोग गर्न मिल्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयाे ।
अहिलेको महामारीका बेला एन्फा सहयोग गर्न तयार रहेको अध्यक्ष शेर्पाले बताउनुभयाे । एन्फाको होस्टेलमा सबै सुविधा भएकाले क्वरेण्टीनका लागि उपयुक्त हुने बताउँदै अध्यक्ष शेर्पाले प्रयोग गर्ने या नगर्ने निर्णय गर्ने अधिकार भने ललितपुर महानगरपालिकालाई रहेको जानकारी दिनुभयाे ।
यसअघि एन्फाले ललितपुर महानगरपालिकालाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो । कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म १६ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने १५ जनाकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।