कोरोना भाइरस: ६ लाख सङ्क्रमित निको भए

 बैशाख ७, २०७७ आइतबार ११:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख कोरोना सङ्क्रमित निको भएका छन् ।

१५ लाख ७१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५५ हजारभन्दा धेरैको अवस्था गम्भीर रहेको र बाँकी १५ लाख १६ हजारको अवस्था सामान्य अवस्थामा रहेको वल्डोमिटरले जनाएको छ ।

सङ्क्रमणका कारण अहिलेसम्म एक लाख ६० हजारभन्दा धेरैको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३९ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा सात लाख ३८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै र बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै भारतमा पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ भने १६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया