डीसी युनाइटेडका लागि रुनीले गरे पहिलो गोल

 साउन १३, २०७५ आइतबार १४:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इङल्याण्डका पूर्व स्ट्राइकर वायन रुनीले अमेरिकाको डीसी युनाइटेडका लागि पहिलो गोल गरेका छन् ।

इङ्लिस क्लब म्यानचेस्ट युनाइटेड छाडेर अमेरिकन क्लब डीसी युनाइटेडमा आवद्ध भएका रुनीको टिमले कोलराडो र्‍यापिड विरुद्ध २–१ को जित निकाल्दा रुनीले नै सुरुवाती गोल गरेका हुन् ।

३२ वर्षीय रुनीले म्यानचेस्ट युनाइटेडकै पूर्व सहकर्मी टिम हावर्डको पासमा गोल गरेका थिए । पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै रुनीलेनै डीसीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको २५ औं मिनेटमा कोलोराडो र्‍यापिडले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीमा गोल गर्न असफल हुँदा र्‍यापिडले सुरुवाती अग्रता हासिल गर्न सकेन ।

८२ औं मिनेटमा केलियन एकोस्टाले बराबरी गोल गरेका थिए । तर ९० औं मिनेटमा कोलोराडोका निकि ज्याक्सनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेपछि डीसी युनाइटेड २–१ गोल अन्तरले विजयी भयो ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया