दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकालार्इ ५ विकेटले हरायाे

 साउन १३, २०७५ आइतबार १७:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । 

श्रीलंकाले दिएको १ सय ९४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३१ ओभरमै ५ विकेट गुमाएर भेट्टाएको हो ।

दक्षिण अफ्रिकाका जेपी डुमिनिले अविजित ५३ रन बनाए भने क्वीन्टन डीकक र फाफ डुप्लेसिले समान ४७ रनको योगदान दिए ।
श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए । 

यसअघि श्रीलंकाको डम्बुलामा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेराले ८१ र थिसारा परेराले ४९ रन बनाए । 

श्रीलंकालाई सस्तैमा अलआउट गर्न दक्षिण अफ्रिकाका कासिगो रबाडा र तब्रिज साम्सीले समान ४ विकेट लिए । 

जितसँगै पाँच खेलको एकदिवसीयमा १–० को अग्रता लिएको छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया