विश्वभर ८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको

 बैशाख १३, २०७७ शनिबार ११:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वका विभिन्न देशमा गरि ८ लाख भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् ।

२ सय १० देश र दुई पानी जहाजमा फैलिँदा २८ लाख ३१ हजार ९ सय १५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ लाख ७ हजार ३७ जना निको भएका छन् । १८ लाख २७ हजार ५ सय ६० जनाको उपचार चलिरहेको छ ।

उपचार गराइरहेका मध्ये ५८ हजार ५ सय २४ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ ।

१ लाख ९७ हजार ३ सय १८ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख २५ हजार भन्दाधेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटालीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा साढे २२ हजारभन्दा धेरै, फ्रान्समा २२ हजारभन्दा धेरै र बेलायतमा साढे १९ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी भारतमा साढे २४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा साढे ७ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया