नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता

 साउन १४, २०७५ सोमबार ६:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् ।

लर्डसमा आइतबारराति भएका खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए । मेरिलिवोन क्रिकेट क्लब (एमसीसी)लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका थिए । 

तर नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो । त्यसअघिको खेल पनि वर्षाले प्रभावित गरेपछि ६ ओभरमा खेलाइएको थियो ।

टस हारि पहिला व्याटिङ  शुरु गरेको नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन। 

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया