कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गर्ने

 साउन १५, २०७५ मंगलबार ७:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिवाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

कांग्रेसले नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ । आफू नेतृत्वमा बनेको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनुपर्ने, मिर्गौला, क्यान्सर तथा मुटुको गम्भीर रोग लागेका बिरामीलाई महिनाको ५ हजारका दरले राहत दिने निर्णयलाई पनि निरन्तरता दिनुपर्ने कांग्रेसको माग छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Dineshsom kongress

    July 31, 2018, 2:05 p.m.

    I am support in Nepal congress in Nepal Ma ka vanna chanxu vana hamila birod garnu parxa naya sarkar LA afano man jani garna paudina Hamila afano desh ko vikash garnu parxa hoii Jaya nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया